Logo
७ आश्विन २०८१, सोमबार
(July 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।

‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ,’ नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले भने ।

अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् ।

प्रकाशित मिति: Jul 18, 2024

प्रतिक्रिया दिनुहोस्