Logo
७ आश्विन २०८१, सोमबार
(July 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभूति गर्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

सोमबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराए। ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममूखि काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएको पनि प्रवक्ता गुरुङले बताए।

उनले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए।

सरकारलाई असफल हुने छुट नभएकाले त्योअनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङको भनाइ थियो। प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रिय हितको पक्षमा पनि दृढतापूर्वक उभिँदै काम गर्न मन्त्रीलाई सचेत गराएका थिए।

प्रकाशित मिति: Jul 16, 2024

प्रतिक्रिया दिनुहोस्