Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने

३१ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्री समक्ष जाहेर गरेका थिए । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्