Logo
८ आश्विन २०८१, मंगलबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

३० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् ।

आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन् ।

प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए ।

देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न प्रचण्डले आग्रहसमेत गरे ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्