Logo
८ आश्विन २०८१, मंगलबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव

३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।

आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्