Logo
८ आश्विन २०८१, मंगलबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुटपिट गर्ने धम्की आयो : मुकुल ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णीम वाग्लेको सचिवालयले कुटपिट गर्ने धम्की आएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले शनिबार राति वाग्लेको सचिवालयले फोन गरेर त्यसै नछोड्ने धम्की दिएको बताएका छन् ।

ढकालले शनिबार एक इन्टरभ्यूमा वाग्लेले नेपाललाई भारतको एक प्रान्त बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको बताएका थिए । त्यसपछि उनले आफूलाई वाग्लेको सचिवालयले पटकपटक फोन गरेको र आफूले फोन नउठाएपछि आफूसँगै बस्ने भाईलाई फोन गरेर मुकुललाई कुटपिट गर्ने बताएपछि आफूले सुरक्षा निकाय गुहारेको बताएका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’… लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’, उनले लेखेका छन् ।

पार्टीको समिक्षा यात्रा र त्यसको प्रतिवेदनसँगै विकास भएका घटनाक्रमले रास्वपाभित्र आन्तरिक द्वन्द सिर्जना भएको छ । जसका कारण पार्टीले मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी निष्कासन गरेको छ । तर ढकाल भने आफू रवि लामिछानेको क्लबबाट मात्र निष्कासन भएको भन्दै विभिन्न विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिँदै आएका छन् ।

 

 

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्