Logo
११ पुस २०८१, बिहीबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृतकको संख्या १९ पुग्यो : ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला

धादिङको त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । गजुरी गाउँपालिका ५ बांगेमोड घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन । राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बसअाज बिहान त्रिशुलीमा खसेको हो ।

घाइतेहरु:

घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब , नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार , बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।

दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्