Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्जल डिलक्स बसमा वीरगञ्जबाट चालकसहित चढेका थिए २४ यात्रु

२८ असार, काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।

प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । सो बस  आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो ।

चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।

प्रकाशित मिति: Jul 12, 2024

प्रतिक्रिया दिनुहोस्