Logo
८ आश्विन २०८१, मंगलबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम तोडफोड, २ जना समातिए

२७ असार, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड भएको छ । तोडफोड गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले, र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् । उनीहरुलाई प्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

उनीहरुले २६ असारमा बिहानीपख सवा ३ बजे एटीएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ । एटीएम मेसिन तोडफोड गर्न प्रयोग भएको रड पनि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्