Logo
८ आश्विन २०८१, मंगलबार
(July 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाका कारण भोजपुरमा सडक भासियो

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए ।

उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भने,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”

 

प्रकाशित मिति: Jul 10, 2024

प्रतिक्रिया दिनुहोस्