Logo
८ आश्विन २०८१, मंगलबार
(July 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रवि लामिछाने क्लवबाट निश्कासित भएको हुँ, रास्वपामा घण्टी बज्न रोकिदैन’ : डा मुकुल ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट बर्खास्त गरेपछि डा मुकुल ढकालले आफू रवि लामिछाने क्लवबाट निस्कासित भएको जनाएका छन् ।

केन्द्रिय समितिको निर्णय सार्वजनिक भए लगत्तै डा ढकालले फेसबुुकमा लेखेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।’

आज बसेको रास्वपाको केन्द्री समिति बैठकले पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै अनुशासन समितिको  सिफारिसमा उनलाई महामन्त्रीबाट बर्खास्त गर्दै  साधारण सदस्यका रुपमा कायम गरेको छ ।

प्रकाशित मिति: Jul 9, 2024

प्रतिक्रिया दिनुहोस्