Logo
५ आश्विन २०८१, शनिबार
(July 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने छानबिन समितिको निर्णय

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र अन्य निकायले सहकारी ठगि प्रकरणमा गरिरहेको अनुसन्धानका बारेमा जानकारी लिन गृह सचिव र प्रहरी महानिरिक्षणलाई बोलाउने निर्णय गरेको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए ।

बिहीबारको बैठकमा महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसंग सहकारीका बिषयमा छलफल गरेको उनले बताए ।

महालेखाका प्रतिवेदनमा सहकारी समस्याका बिषय उल्लेख भएकाले महालेखा परीक्षकसंग छलफल गरिएको उनको भनाइ छ । सहकारी विभागले सहकारी प्रणाली विकसित गरेको तर प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएको संयोजक थापाले बताए ।

उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा सम्पती शुद्धिकरण गर्नुपर्ने लगाएका सुझाव आएको जिकिर गरे । बैठकले सहकारी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई समितिको सम्पर्कमा आएर छानविनमा सघाउन आग्रह गरेको संयोजक थापाले बताए ।

प्रकाशित मिति: Jul 4, 2024

प्रतिक्रिया दिनुहोस्