Logo
८ आश्विन २०८१, मंगलबार
(July 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्दै

२० असार, काठमाडौं । बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्ने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २६ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सर्न लागेको हो । भद्रकालीमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन ।

‘त्यहाँ हुँदा रेखदेख पनि हुने भएकाले सर्ने तयारी गरेका हौं’, एसएसपी सानुराम भट्टराईले भने ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । लामो प्रयोगपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ।

त्यसपछि सँगै निर्माण थालिए पनि काठमाडौं प्रहरीको भवन बनिसक्दा पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अझै धेरै बाँकी छ । कार्यालयको भवन बन्न अझै एक वर्ष लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रकाशित मिति: Jul 4, 2024

प्रतिक्रिया दिनुहोस्