Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास गएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास शीतल निवास गएका हुन् ।

पार्टी बैठकमा राजीनामा नदिने र ३० दिनभित्र विश्वासको मत लिने बताएका प्रचण्डले सोही विषयमा जानकारी गराउनका लागि राष्ट्रपति निवास गएको बताइएको छ । सत्तारुढ दलहरुले समर्थन फिर्ता नलिएका ३० दिनभित्र विश्वासको मत लिने प्रचण्डको तयारी छ ।

त्यस्तै पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको बारेमा उनीहरुको बिच छलफल हुने प्रधानमन्त्री सचिवालयलका एक सदस्यले भने ।

माओवादी सचिव देवेन्द्र पौडेलले पनि प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने बताएका छन् । प्रचण्डले आफूले राजीनामा नदिने र ३० दिनभित्रमा संविधानअनुसार विश्वासको मत लिने उनको भनाई छ ।

प्रकाशित मिति: Jul 2, 2024

प्रतिक्रिया दिनुहोस्