Logo
८ आश्विन २०८१, मंगलबार
(June 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री मुकुल ढकालको माग

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरिएको छ ।

१९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।

ढकालले भने,‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’

बुधबार डाकिएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ ।

विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् ।

प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भनि गरिएको छैन ।

प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकलले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले सुनाए ।

प्रकाशित मिति: Jun 30, 2024

प्रतिक्रिया दिनुहोस्