Logo
८ आश्विन २०८१, मंगलबार
(June 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको होटलमा चिनियाँ नागरिक मृत फेला

१६ असार, चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।

यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: Jun 30, 2024

प्रतिक्रिया दिनुहोस्