Logo
८ आश्विन २०८१, मंगलबार
(June 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

१० असार, काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम  र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

त्यही कारण ६ र ८ असारमा नगरसभाको वैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । सोमबार मेयर राजन पौडेलले  वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।

उपमहानगरका एक जनप्रतिनिधिले  दिएको जानकारी अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा वैठकका लागि सहमत भएका थिए । तर एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको हो ।

नगर सभाका झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नगर सभा सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति: Jun 24, 2024

प्रतिक्रिया दिनुहोस्