Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस नेपाल नर्थ अमेरिकाका २० फाइनलिस्ट सुन्दरीको घोषणा

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकाले सन् २०२४ को संस्करणको लागि २० फाइनलिस्ट प्रतियोगी सुन्दरीको घोषणा गरेको छ ।

सूचीमा नर्थ क्यारोलिनाबाट एन्ना कोइराला, मिनेसोटाबाट आयुषा तुलाधर, टेक्सासबाट अदिश्री रेग्मी, क्यानडाबाट अनु सुवेदी, न्यूयोर्कबाट अस्मी गिरी, मिसिगनबाट अस्मिता तुलाधर छन् ।

ओहायोबाट दृश्य धिताल, मेरिल्याण्डबाट न्यान्सी क्षेत्री, न्यूजर्सीबाट ओनिका बानियाँ, न्यूयोर्कबाट प्रिजा राणा, बोस्टनबाट रिजा पुरी, मेरिल्याण्डबाट रुबिना पुरी छन् ।

मेरिल्याण्डबाट रुबी पौडेल, कोलोराडोबाट सविता चौलागाईं, टेक्सासबाट सरिता ठगुन्ना, कोलोराडोबाट सर्जु थापा, जर्जियाबाट सोफी पोखरेल, टेक्सासबाट सुजना सुनुवार, क्यानडाको ओन्टारियोबाट स्वीकृति खड्का र क्यालिफोर्नियाबाट उषा शाह छन् ।

फाइनलिस्ट घोषणासँगै भोटिङ पनि खुला भएको छ । सर्वाधिक मत ल्याउने ‘मिस पपुलर २०२४’ले अन्तिम १० मा स्थान पाउनेछिन् । मिस नेपाल नर्थ अमेरिका नेपाली डायस्पोराको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताअन्तर्गत पर्छ ।

प्रतियोगिताको आयोजक संस्था ड्रीम्स युनिभर्सल एलएलसीका संस्थापक र सीइओको रुपमा शैलेन्द्र श्रेष्ठ छन् । यसपटकको संस्करणको कोरियोग्राफरमा पूर्व मिस नेपाल वर्ल्ड सदिक्षा श्रेष्ठ र ट्रेनरको रुपमा पूर्वमिस कस्मोपोलिटन वर्ल्ड प्रियारानी लामा छिन् ।

फिनाले अगस्ट ३ लाई तय गरिएको छ ।

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्