Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : जीबी राईलाई भगाउन खोजेको हो ?

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी गठी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । उनले यो आफ्नो व्यवसायिक साथीलाई भगाउने नियत त होइन भन्ने उनको प्रश्न छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री शर्माले गृहमन्त्रीले चितवनमा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । लामिछानेले चितवनमा पुगेर जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए ।

गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्