Logo
८ आश्विन २०८१, मंगलबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीएण्डसी मेडिकल कलेजलाई अब विश्वविद्यालय बनाउँछौँ : दुर्गा प्रसाईं

काठमाडौँ । झापास्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब विश्वविद्यालय बनाउनतिर लाग्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले मेडिकल कलेजले सम्बन्धन पाएसँगै अब प्राइभेट युनिभर्सिटी बनाउनतिर लाग्ने बताएका हुन् ।

‘अब सुदूर पूर्वमा पनि एउटा मेडिकल कलेज खुल्यो । मेडिकल कलेजलाई युनिभर्सिटी बनाउनतिर लान्छौँ । र एउटा प्राइभेट युनिभर्सिटी बनाउने मेरो इच्छा छ । युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउथे भन्ने मेरो चाहना हो,’ प्रसाईंले भने ।

मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि प्रसाईंले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।

प्रसाईंले सर्वोच्चमा मुद्दा हालेको सात वर्षपछि न्याय पाएको बताए । आफू अन्यायमा परेको लामो समयपछि सर्वोच्चले न्याय दिएको उनको भनाइ छ । त्यस्तै काठमाडौँ विश्वविद्यालयले समेत १० वर्ष अगाडि नै दिनुपर्ने सम्बन्धन आज दिएको बताए ।

‘सर्वोच्चमा ७ वर्ष अगाडि मुद्दा हालेको थिए । अहिले आएर मलाइ सर्वोच्चले न्याय दियो । म अन्यायमा परेको थिए । सर्वोच्चले न्याय दियो । म धन्यवाद दिन चाहन्छु । मलाई काठमाडौँ विश्वविद्यालयले आजभन्दा १० वर्ष अगाडि दिनुपर्ने सम्बन्धन १० वर्ष पछाडि दियो । त्यसका लागि विश्वविद्यालयलाई पनि धन्यवाद,’ प्रसाईंले भने, ‘सम्माननीय प्रधानमन्त्री तथा आयोगका अध्यक्षतामा बसेको आयोगको बैठकले बीएण्डसीलाई विद्यार्थी पढाउन दिने निर्णय गर्नुभएको छ । त्यसका लागि उहाँलाई पनि धन्यवाद ।’

प्रकाशित मिति: Jun 20, 2024

प्रतिक्रिया दिनुहोस्