Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका मधु क्षेत्रीले सामाजिक सञ्जालमा पोखिन् श्रीमान‍्ले दिएको पिडा

काठमाडौँ । गायिका मधु क्षेत्रीले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको सार्वजनिक गरेकी हुन् ।

पहिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् । उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् ।

‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, ‘मलाई श्रीमान्ले बच्चा फाले फाल, मारे मार, जे सुकै गर, त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु  भनेका छन् । उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’ उनले सुरेशले अस्ट्रेलिया आएको चार महिनामा नै बिचल्ली बनाएर छाडेको समेत बताएकी छन् ।

सुरेशले कहिले पनि इज्जत दिएर आफूलाई नराखेको आरोप समेत लगाएकी उनले सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरूलाई अहिलेसम्म बाहिर नल्याएको बताएकी छन् ।

मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग विवाह गरेकी थिइन् । मधु नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् ।

प्रकाशित मिति: Jun 19, 2024

प्रतिक्रिया दिनुहोस्