Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रोत्साहन भत्ताको माग गर्दै आजपनि संसदका कर्मचारी धर्नामा (तस्विरहरु)

काठमाडाैँ । संघीय संसद सचिवालयका कर्मचारीहरु आज पनि संसद भवन नयाँबानेश्वरमा धर्ना बसेका छन् । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

मंगलबार पनि संसद भवनमा निधारमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका उनीहरुले आज पाखुरामा कालाे  पट्टी बाधेर प्रदर्शनमा उत्रिएका छन् । कर्मचारीको आन्दोलनका कारण केहिबेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा समेत असर परेको थियो । असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको घोषणा छ ।

उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगायतका माग समेत अघि सारेका छन् ।

प्रकाशित मिति: Jun 19, 2024

प्रतिक्रिया दिनुहोस्