Logo
८ पुस २०८१, सोमबार
(June 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने निश्चित, क्याबिनेट समितिबाट स्वीकृत

३१ जेठ, काठमाडौं । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ ।

बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो ।

बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बंगलादेश बिजुली लैजान चाहेको छ । नेपालबाट भारत हुँदै बंगलादेश बिजुली निर्यात हुनेछ । नेपालबाट भारतीय भूमि हुँदै बिजुली लैजाँदा भारतलाई शुल्क तिर्नुपर्ने हुन्छ ।

यस्तो शुल्क ०.०५९५ रुपैयाँ हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ ले लेखेको छ । बंगलादेशले भारतीय कम्पनीहरूबाट किन्दै आएको भन्दा नेपालबाट सस्तो मूल्यमा बिजुली पाउने समेत समाचारमा उल्लेख छ ।

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विजुली किन्न चाहेको छ । नेपाल भारत ढल्केबर-मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत-बंगलादेश-बरामपुर-भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।

अब नेपाल, भारत र बंगलादेशका नियामकीय निकायबीच त्रिपक्षीय सम्झौता गरी बिजुली निर्यात सुरु हुने बताइएको छ । सम्झौताको मिति भने अझै तय भएको छैन ।

प्रकाशित मिति: Jun 13, 2024

प्रतिक्रिया दिनुहोस्