Logo
७ आश्विन २०८१, सोमबार
(June 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लाइट स्टोन’ देखाएर १० लाख ठगेको आरोपमा ३ जना पक्राउ

२९ जेठ, भक्तपुर । ‘लाइट स्टोन’ देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-६ घर भई चन्द्रागिरी बस्‍ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका-३ घर भई सितापाइला बस्‍ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोटकै दुप्तेश्वर नगरपालिका-५ घर भई हाल दधिकोट बस्‍ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ वटा विभिन्‍न सकम्पनीका मोबाइल, विभिन्न बैंकको चेकबुक बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत भक्तपुरमा पठाइएको छ ।

उनीहरूले जेठ २१ गते काठमाडौं नरेफाँट बस्‍ने भिमबहादुर कार्कीलाई आफूहरूसँग लाइट स्टोन रहेको भन्‍दै १० लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप छ ।

प्रकाशित मिति: Jun 11, 2024

प्रतिक्रिया दिनुहोस्