Logo
७ आश्विन २०८१, सोमबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मैले संसदमा बोलेको कुरालाई कांग्रेसले गलत अर्थ लगायो’ – गृहमन्त्री लामिछाने

विराटनगर । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले संसदमा बोलेको कुरालाई कांग्रेसले गलत अर्थ लगाएको बताएका छन् । आइतबार विराटनगर पुगेका उनले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्‍त कुराकानी गर्दै यस्तो धारणा राखेका हुन् ।

आफूले संसदमा कांग्रेस र उक्त पार्टीका नेताहरूमाथि आरोप लगाएको नभई उनीहरूका बारेमा पनि समाचारमा यस्तो कुरा पनि आएको थियो नि भनेर समाचार पढी वाची सुनाएको लामिछानेले प्रष्ट्याए ।

समाचारमा आएका कुरालाई अन्तिम सत्य मान्दै कांग्रेसले संसद अवरोध गर्ने र व्यक्तिलाई तेजोबोध गर्ने कार्य गरेको भन्दै लामिछानेले आफ्नो मात्रै नभई उहाँहरूकै बारेमा पनि समाचार आएको तर त्यसैलाई अन्तिम सत्य मान्ने की नमान्ने भन्ने स्पष्ट हुन कांग्रेसलाई बुझाउन प्रयास गरेको उनको भनाई छ ।

‘राज्यका निकायले अनुसन्धान नै नगरी समाचारमा आएकै भरमा व्यक्तिलाई आरोप प्रत्यारोप गर्ने, संसदीय समिति बनाउने जस्ता कांग्रेसका अडानले हामी कहीँ पनि पुग्दैनौँ भन्ने बुझाउन खोजेको हुँ’ लामिछानेले भने, ‘समाचारमा आएका कुरा पढी बाँची सुनाएको मात्रै हुँ । कसैलाई आरोप लगाएको होइन । यसको जवाफ दिनु परे दिउँला । ’ आफू काम गर्न आएको भन्दै लामिछानेले काम गरेर देखाउने पनि बताए ।

प्रकाशित मिति: Jun 9, 2024

प्रतिक्रिया दिनुहोस्