Logo
७ आश्विन २०८१, सोमबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट पढ्न सांसदले समय मागेपछि प्रतिनिधि सभा बैठक २ दिन स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । आज र भोलिका लागि तय भएको बैठक सांसदहरुले समय माग गरेपछि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

‘प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ’ स्रोतले  भन्यो । आजबाट संसद्मा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलको कार्यसूची थियो । अर्को बैठक जेठ २९ गते बस्ने छ । त्यस अघि सभामुख निवास बालुवाटारमा संसद् बैठकबारे मुख्य दलका प्रमुख सचेतक सहितको बैठक बसेको थियो ।

प्रकाशित मिति: Jun 9, 2024

प्रतिक्रिया दिनुहोस्