Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ

दाङ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार शान्तिसेनबाट फर्किएका बुढाथोकीले बिहान श्रीमती टिका बुढाथोकीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

श्रीमती र नेपाल सेनाकै जवान आर्यन थापालाई आपत्तीजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीको परिवरा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँमा बस्दै आएका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्