Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको पार्टीका सतिश कुमार मधेश प्रदेशको मुख्यमन्त्री बन्दै, आजै शपथ

धनुुषा । मधेश प्रदेशको मुख्यमन्त्रीकारुपमा सतिश कुमार सिंहले आजै शपथ लिने भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले मध्यान्ह १२ बजे मुख्यमन्त्री सहित सात मन्त्रीलाई सपथ गराउने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीका सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुतm गर्न ६ राजनीतिक दलका ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए । सिहंलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका  ५५ सांसदको समर्थन रहेको बताइएको छ ।

हिजो साँझ मन्त्रालयको भागबण्डा मिलेपछि आज बिहानै नयाँ सरकार बनाउन दावी पेश गरेका हुन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्