Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईको झापास्थित बी एन्ड सी मेडिकल कलेजले १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले परमादेश जारी गरेकको छ ।

सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै बी एन्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने भएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले भनेको छ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू,’ । आदेशसँगै अब आयोग र काठमाडौं विश्वविद्यालयले १५ दिनभित्र सोको कार्यान्वयन गर्नुपर्नेछ ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्