Logo
७ आश्विन २०८१, सोमबार
(May 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङको कोइलाबास–गढवा सडकखण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

१६ जेठ, काठमाडौं । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिइन् । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।

प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ ।

प्रकाशित मिति: May 29, 2024

प्रतिक्रिया दिनुहोस्