Logo
७ आश्विन २०८१, सोमबार
(May 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस पिस नेपाल विधिको सपना : नामको अगाडि ‘डाक्टर’

विधि लम्साल केही दिन अगाडि आयोजित सौन्दर्य प्रतियोगिता एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शीर्ष विजेता हुन् । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको नर्सिङ सुन्दरीहरूको सहभागिता रहेको प्रतियोगितामा उनले २३ प्रतियोगीलाई पछि पार्दै वेस्ट पर्सनालिटी सहित शीर्ष उपाधि चुमेकी हुन् ।

उनी अब नर्सहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । जसको लागि उनी एकदमै उत्सुक छिन् । प्रतियोगीताका लागि उनी तयारीमा समेत जुटिसकेकी छिन् ।

‘मिस ग्लोबल’ म विधि लम्साल भन्दा पनि नेपाल भनेर चिनिनेछु’, उनले भनिन्, ‘आफूलाई हेरेर त्यहाँ सहभागीले नेपाल बुझ्ने भएकोले उत्कृष्ट बनेर जाने तयारीमा छु ।’ प्रतियोगीताका लागि सबैको साथ र सपोर्टको समेत अपेक्षा गरेको उनले बताइन् ।

काभ्रेपलान्चोककी लम्सालको सौन्दर्य प्रतियोगितामा आउने कुनै योजना थिए । उनी कलेज अफ हेल्थ साइन्सेसबाट बीएस्सी नर्सिङ अध्ययन सकाएर बसेकी थिइन् । त्यही समय साथीहरूले उनलाई नर्सिङ क्षेत्रलाई समेटेर सौन्दर्य प्रतियोगिता हुन लागेको जानकारी दिए । उनको हाइट पनि राम्रो भएको र ट्यालेन्ट पनि भएकोले उनलाई  साथीहरूले प्रतियोगितामा भाग लिन सुझाए । त्यो समय उनी खाली पनि थिइन् । खाली समयको सदुपयोग गरौँ भनेर उनी प्रतियोगितामा भाग लिइन् । मिहिनेत गर्दै जाँदा उपाधि  समेत उनको हात पर्‍यो ।

प्रतियोगितामा उनले उपाधि जित्छु भन्ने कहिल्यै सोचेकी थिइनन् । तर अरूभन्दा वेस्ट बन्नुपर्छ, फरक बन्नुपर्छ भन्ने उनमा थियो । त्यही सोचले उपाधि हात परेको उनी खुलाउँछिन् ।

442505175_3760620550835068_8025187678856558988_n

‘उपाधि मात्र होइन, प्रतियोगितामा धेरै कुरो सिक्न पाएँ,’ उनी भन्छिन्, ‘धेरै चिनेका पनि भेटे । एकदमै रमाइलो भयो ।’ उपाधि हात परेपछि एकदमै भावुक भएको बताउने उनलाई अहिले सबैतिरबाट बधाईको ओइरो लागिरहेको छ । उपाधि नजित्नेका लागि समेत प्रतियोगिता फलदायी हुने उनले धारणा राखिन् ।

हुन त महिलाहरूका लागि अहिले मिस नेपालदेखि धेरै सौन्दर्य प्रतियोगिता छन्, उनले मिस नेपाल पिस रोज्नुको कारण यो नर्सहरू लक्षित एक मात्र प्रतियोगिता पनि हो । ‘हामीलाई डाक्टरहरूको असिस्टेन्ट मात्र हो भनेर सोचिन्छ । हाम्रो यो इन्डिपिन्डेन्ड पेसा हो । हामी अस्पतालमा मात्र सीमित छैनौ । बाहिर पनि केही गर्न सक्छौ भनेर देखाउन प्रतियोगिता आए’ उनले थपिन् ।

नर्सहरू सौन्दर्य प्रतियोगितामा आए अस्पतालको काम बिग्रन्छ भन्ने पनि छन् । उनी सबैले एउटै बाटो हिँड्नुपर्छ भन्ने नरहेको तर्क गर्छिन् । ‘नर्सिङ मात्र गरेर साँगुरो पाटोका थिए । यो बाटो हिँडेर फराकिलो बन्न खोजेको हो,’ उनी अगाडि भन्छिन्, ‘नर्स मेरो पेसा हो । सौन्दर्य प्रतियोगिता मेरो पर्सनल लाइफको एक सौख ।’ आगामी दिनमा दुबैलाई ब्यालेन्स गरेर लाने उनले सोच बनाएकी छन् ।

सौन्दर्य प्रतियोगिता प्रति समाजको हेर्ने दृष्टिकोण राम्रो छैन । त्यो उनले पनि बुझेकी छन् । ‘समाजमा सौन्दर्य प्रतियोगितामा बाहिर रूप हेरिन्छ भन्ने बुझाई छ । प्रतियोगिता कन्फिडेन्टले जित्ने हो’, उनले भनिन् ‘ प्रतियोगिताको २४ प्रतियोगीमा मध्य सबैभन्दा राम्री पनि म होइन । एकदमै धेरै कुरा जानेको पनि म थिइनँ । तर मैले उपाधि जितेँ ।’ केही गर्छु भनेर मिहिनेत गर्नेले जित्न सक्ने बताउने उनी आफूलाई हेरेर अन्य नर्सले पनि प्रेरणा पाउने सुनाउँछिन् ।

विधिले नर्सिङ अध्ययन सकाए पनि नेपाल नर्सिङ काउन्सिलबाट प्रमाणपत्र लिन भने बाँकी छ । जसका लागि उनी असार १५ मा परीक्षा दिँदै छिन् । जसको तयारी पनि उनले गरिरहेकी छन् । ‘अहिले मेरो कठिन घडी हो । किनभने एकसाथ नर्सिङ काउन्सिल र ‘मिस ग्लोबल’को तयारीमा गर्नुपरेको छ,’ उनले भनिन् ।

  • किन नर्स ?

विधिको नर्स बन्ने सानैदेखिको सपना होइन । तर स्वास्थ्य पेशामा आउने उद्देश्य भने थियो । किनभने उनी सानैदेखि मानव शरीर देखेर कसरी चलिरहेको छ भन्नेमा जिज्ञासु थिइन् । शरीर अलिकति तलमाथि भयो भने थाहा हुन्छ । विभिन्न रोग लाग्ने, ज्वरो आउने हुन्छ । यस्तो किन हुन्छ ? । कसरी शरीरका बडीले काम गरिरहेको छन् ? । यी र यस्ता धेरै प्रश्न उनको मनमा खेल्थ्यो । त्यो बुझ्न  उनी युट्युबमा विभिन्न भिडियोहरू हेर्थिन् ।

जब प्लस टु सकाएपछि एमबिबिएस र नर्सिङ के रोज्ने उनमा कन्फ्युजन थियो । त्यही समय उनले नर्सिङका लागि ४ बर्से कोष स्कलरसिप पाइन् । भन्छिन्, ‘स्कलरसिपको फाइदा उठाउन नर्सिङ पढेँ ।’

143098973_2879344588962673_7021275636051471761_n

अचेल नर्सिङ अध्ययन गर्ने धेरैको गन्तव्य विदेश भएको छ । उनमा अहिले त्यो सोच छैन । राम्रो अवसर हात लाग्यो भने आफू पनि जान सक्ने उनी बताउँछिन् ।

‘जीवन भनेको एक किसिमको अनुभव हो । हरेक कुरो सिक्नुपर्छ’, उनी अगाडि थप्छिन्, ‘नेपालको तुलनामा विदेश धेरै विकसित छ । धेरै कुरो सिक्न पाइन्छ । त्यो हुँदा को बिदेसिँदैन र ।’ नेपालमा नर्सको भविष्य राम्रो पनि उनले देखेकी छैनन् ।

अभिनयमा आए नाइँ भन्दिनँ

मिस नेपाल होस् वा अन्य सौन्दर्य प्रतियोगिता विजेता । धेरै जसोलाई अभिनयमा देख्न सकिन्छ । ‘मिस नेपाल पिस’ विजेता विधिको उनको भित्री इच्छा पनि अभिनयमा आउने छ । तर उनी सिधै भन्न सक्दिनन् ।

अभिनयमा आउने इच्छा छ ? प्रश्नको जवाफमा उनले भनिन्, ‘अफर आए नाइँ भन्दिन ।’

अहिलेसम्म उनले कुनै पनि अभिनय गरेकी छैनन् । तर पनि अभिनय गर्न सक्छु भन्ने लागेको छ रे । मोडलिङमा र र्‍याम्प शोमा बढी रुचि भएकी उनलाई भविष्यमा मोडलिङमा पनि देख्न सकिने उनी सुनाउँछिन् ।

उनको अर्को रुचिको विषय हाइकिङ पनि हो । भर्खर अन्नपूर्ण बेस क्याम्प पुगेर फर्किएकी उनले नेपालका प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ घुम्दा बेग्लै आनन्द मिल्ने धारणा राख्छिन् ।

  • सपना ‘डाक्टर’

विधि अध्ययनमा निकै ट्यालेन्ट छिन् । बीएस्सी नर्सिङको ४ वर्षमा उनले पहिलो वर्षबाहेक अन्य सबै वर्ष कलेज टप गरेकी छन् । उनका बुबाले अध्ययन बाहेक अन्य केही छैन ठुलो कुरो छैन भनेको कारण पनि उनको ध्यान यसमा रहेको छ । उनको अहिले नामकको अगाडि डाक्टर लेखाउने सपना छ । त्यसैले उनी पीएचडी गर्न चाहन्छिन् ।

उनको अर्को सपना आनन्दले बाच्ने हो । कुनै कुरो गर्न मन लाग्यो भने पैसाले कहिल्यै नअड्कियोस् भन्ने छ ।

प्रकाशित मिति: May 29, 2024

प्रतिक्रिया दिनुहोस्