Logo
२८ पुस २०८१, आईतबार
(May 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा ट्रकका कारण राजमार्ग अवरुद्ध, चालक र ट्रकधनी सम्पर्कविहीन

१५ जेठ, काठमाडौं । नवलपरासी पूर्वको थुम्सीमा एउटा ट्रकका कारण नारायणगढ बुटवल राजमार्ग सञ्चालनमा कठिनाइ भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारण गएराति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

मंगलबार बिहान सडक एकतर्फी रुपमा सञ्चालनमा त आएको छ तर सडक छेउमा फसिरहेको बा प्र ०३-००१ ख-०९६१ नम्बरको ट्रकका कारण दुईतर्फी रुपमा खुल्न सकेको छैन ।

लामो प्रयासबाट राजमार्ग एकतर्फी सञ्चालन गरे पनि त्यही ट्रकका कारण दुई तर्फी रुपमा सञ्चालन गर्न कठिन भएको बुटवल नारायणगढ सडक योजना कार्यालयले जानकारी दिएको छ ।

उक्त ट्रकका चालक, सहचालक र सवारी धनी हालसम्म पनि सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको र राजमार्गका यात्रुहरुले दु:ख पाएको आयोजनाले फेसबुकमा सूचना राखेर जानकारी दिएको छ ।

‘तसर्थ, यो ट्रकसँग सम्बन्धित व्‍यक्ति वा ट्रकसँग सम्बन्धित व्‍यक्तिलाई चिन्नुहुने जो कोही कृपया हामीसँग छिटोभन्दा छिटो सम्पर्कमा आइदिनुभई दुईतर्फी सहज यातायात सञ्चालनमा सहयोग गरिदिनुहुन अनुरोध छ।’, आयोजनाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: May 28, 2024

प्रतिक्रिया दिनुहोस्