Logo
७ आश्विन २०८१, सोमबार
(May 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि खस्यो सुख्खा पहिरो, २ घाइते

१५ जेठ, काठमाडौं । ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्याक्टर र मोटरसाइकल चालक छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

ट्याक्टर चालक भने सामान्य घाइते छन् । उनीहरुको पहिचान हुन बाँकी नै छ ।

मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स१त ७३१८ नम्बरको ट्याक्टर चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ५६६१ नम्बरको मोटरसाइकलमाथि सुख्खा पहिरो खसेको थियो ।

मंगलबार बिहान पौन १० बजेतिर सुख्खा पहिरो खसेर अवरोध भइरहेको बाटो अहिले खुलाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति: May 28, 2024

प्रतिक्रिया दिनुहोस्