Logo
८ पुस २०८१, सोमबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश सरकारको वैधानिकताविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

८ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलले इजलाशमा परेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतमाथि वैधानिकताको प्रश्न उठाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २५ वैशाखमा रिट दायर गरेका थिए ।

यसअघि उक्त रिट उपर न्यायाधीश अब्दुल अजिज मुसलमानले प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न आदेश जारी गरेको थियो । साथै, मंगलबार पेशी तोकिएको थियो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । तर, सभामुख कृष्णप्रसाद धितालले ३० सिट नै बहुमतको आधिकारिकता दिएको भन्दै कांग्रेस सर्वोच्च पुगेको हो ।

यसअघि पनि मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति संविधानविपरीत भएको भन्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटउपर न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले १७ वैशाखमा रिट खारेज गरिदिएका थिए ।

त्यसपछि उनले सदनबाट ३० वैशाखमा विश्वासको मत लिएका थिए ।

 

 

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्