Logo
६ आश्विन २०८१, आईतबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मन्त्रालयमा मंगलबार बिहान ९ बजेदेखि बसिरहेको हो।

‘सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीका बारेमा नेपाली कांग्रेस जुन अडानमा छ, हामीले जसका बारेमा छानबिन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं। त्यसमा तलमाथि छैनौं,’ बैठकअघि कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने।

कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहमति जुटाउने प्रयास भइरहेको बताए। यसबीचमा अनौपचारिक कुराकानी भएको उनको भनाइ थियो।

‘खास गरी संसदभित्रको गतिरोध अन्त्य गरौं, संसदीय छानबिन समिति बनाउने निर्णय गरिएकै छ। कार्यादेशका सन्दर्भमा नमिलेका कुरा मिलाऊँ भनेर बसेका हौं,’ उनले भने।

शनिबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारीको बचत ठगी, हिनामिना, अपचलन, दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो।

क्षेत्राधिकारको टुंगो लगाउन कानूनमन्त्री गिरीको संयोजकत्वमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस सहमहामन्त्री परियार रहेको कार्यदल बनेको थियो।

कार्यदलले आइतबार दुई चरणमा छलफल गरे पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर क्षेत्राधिकार तय गर्ने र उनी मुछिएको सहकारीको नाम अनुसूचीमा उल्लेख गर्ने विषयमा सहमति हुन सकेको थिएन।

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्