Logo
६ आश्विन २०८१, आईतबार
(May 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

६ जेठ, काठमाडौं । गौशाला चोक* मा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

(*यसअघि समाचारमा गौशाला चोक हुनुपर्नेमा चाबहिल चोक उल्लेख भएकाले सच्याइएको छ ।)

प्रकाशित मिति: May 19, 2024

प्रतिक्रिया दिनुहोस्