Logo
६ आश्विन २०८१, आईतबार
(May 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह

२ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस)सँग सहमति गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गर्दै सहमतिका लागि अपिल गरेका हुन् ।

४५ मिनेटको छलफल संसद अवरोधकै विषयमा केन्द्रित भएको थियो । सभामुख घिमिरेले विधेयक पारित हुन नसकिरहेको बेला संसद अवरोध हुँदा जनस्तरमा वितृष्णा फैलिएको बताएका थिए ।

मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा अवरोध गरेको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिंदै भोलि बिहीबार बस्ने संसद बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए ।

प्रकाशित मिति: May 15, 2024

प्रतिक्रिया दिनुहोस्