Logo
६ आश्विन २०८१, आईतबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द भएका उद्योग चलाउने सरकारको रटान

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा समेत बन्द उद्योग चलाउने नीतिलाई पुनः दोहोर्‍याएको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताए । उनले बन्द उद्योग कलकारखाना व्यवस्थापन गर्न निजी लगानी आकर्षित गरिने बताए ।

निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्