Logo
५ आश्विन २०८१, शनिबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो ।

सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताए । ‘उहाँहरुले अनलाइनबाट पठाएको रिट निवेदन हामीले प्रारम्भिक रुपमा हेर्छौं, त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात माग्नेछौं’, उनले  भने, ‘हामीले परीक्षणको रुपमा यो सेवा सुरु गर्न खोजेको हो । काम गर्दै गएपछि आवश्यक परेमा थप परिमार्जन गरिनेछ ।’

प्रवक्ता उप्रेतीका अनुसार यो व्यवस्थाले काठमाडौं बाहिरका सेवाग्राहीलाई सहज हुनेछ । ‘उहाँहरुलाई बाहिरबाट एउटा रिट निवेदन दर्ता गर्नपनि काठमाडौं आउनैपर्ने बाध्यता थियो । त्यसक्रममा अनेक झञ्झट हुन्थ्यो, अब त्यो हट्नेछ’, उनले भने, ‘प्रारम्भिक परीक्षणपछि अनलाईन दर्ता प्रणालीलाई थप परिमार्जन गर्दै लैजाने योजना छ ।’

 

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्