इलाम-२ मा सुहाङ तीनहजार भन्दा बढी मतान्तरले अग्रता
प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्याएका छन् ।
अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन् ।
रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत पाएका छन् ।
इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।