Logo
२३ भाद्र २०८१, आईतबार
(April 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इराकमा पहिलोपटक नेपाली सांगीतिक कार्यक्रम, राजेशपायल राई गुञ्जिने

पश्चिम एसियाली मुलुक इराकमा पहिलोपटक नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । त्यहाँको स्वतन्त्र पहाडी राज्य कुर्दिस्तानमा गायक राजेशपायल राईले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले शुक्रबार नेपाली समुदायले कुर्दिस्तानमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

कुर्दिस्तान त्यही थलो हो जहाँ २०६१ सालको भदौ १५ गते आतंकवादीले १२ जना नेपालीको हत्या गरेका थिए । गायक राईले आफू हङकङबाट इराक पुगिसकेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा उनले पोस्ट गरेको भिडियोमा इराकी विमानस्थलमा गायक राईलाई नेपाली समुदायले स्वागत गरेको देख्न सकिन्छ । यतिबेला राजेशपायललाई देश तथा विदेशमा कन्सर्ट गर्न भ्याइनभ्याइ छ ।

गत साता पूर्वी नेपालमा कन्सर्ट गरेका उनी हङकङ हुँदै इराक पुगेका हुन् । अमेरिकामा १७ पटक सांगीतिक प्रस्तुति दिइसकेको भन्दै राजेशपायलले इराकको कार्यक्रमलाई भव्य तुल्याउन कसर नराख्ने बताएका छन् ।

प्रकाशित मिति: Apr 18, 2024

प्रतिक्रिया दिनुहोस्