Logo
४ आश्विन २०८१, शुक्रबार
(April 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीमा २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन् । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।  पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: Apr 3, 2024

प्रतिक्रिया दिनुहोस्