वसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौँ उपत्यका (तस्बिरहरू)
वसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउन थालेको छ । देशका विभिन्न भूभागमा मनै लोभ्याउने गरी फुलहरू फुल्न थालिसकेका छन् । राजधानीलाई सुन्दर बनाउन बाटो, सरकारी कार्यालय र पार्कहरूमा राज्यले फुलका बोट बिरुवाहरू देश–विदेशबाट ल्याएर लगाउने गरेको छ ।
राजधानी काठमाडौँमा चेरी, पैँयू ,आरु र अन्य प्रजातिका बोट बिरुवाहरूमा पलुवा पलाउनुको साथै फुलेका फूलहरूले सहरलाई मनमोहक बनाएको छ ।
यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’, नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।