Logo
२३ भाद्र २०८१, आईतबार
(March 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पार्टी उपसभापति डीपी अर्यालले आजको बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको  जानकारी दिए । बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी बैठकलाई जानकारी गराएका थिए । बैठकमा यसै विषयमा केन्द्रित भएर छलफल भएको अर्यालले बताए ।

प्रकाशित मिति: Mar 4, 2024

प्रतिक्रिया दिनुहोस्