Logo
३ कार्तिक २०८१, शनिबार
(March 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले इलाम २ का ६ पालिकामा ६ सांसद पठाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ का ६ पालिकाका नागरिकसँग संवाद गर्न केन्द्रीय नेतालाई पठाउने भएको छ ।

उपनिर्वाचनको मिति तोकिएपछि चुनाव केन्द्रित छलफलका लागि ६ जना सांसदलाई पठाउन लागिएको रास्वपाले जनाएको छ ।

केन्द्रीय सदस्य एवम् सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने भएका छन् ।

रास्वपाका अनुसार ६ सांसदहरु शुक्रबार साँझ इलाम पुग्ने छन् । १९ फागुनमा पालिकाहरुमा हुने नागरिकसँगको संवादमा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: Mar 1, 2024

प्रतिक्रिया दिनुहोस्