Logo
९ मंसिर २०८१, आईतबार
(February 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबार जान नपाएपछि सडकमै सुते मिटरब्याज पीडित

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ ।

भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए ।

अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो ।

दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।

उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको बताएका छन् ।

मिटरब्याज पीडित आन्दोलनको तस्बिरहरु :

प्रकाशित मिति: Feb 23, 2024

प्रतिक्रिया दिनुहोस्