Logo
४ आश्विन २०८१, शुक्रबार
(February 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति शेरबहादुर देउवा महासमिति बैठकका लागि गोदावरी पुगेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महासमिति बैठक स्थल गोदावरी पुगेका छन् । केही बेरमा महासमिति बैठक सुरू हुने नेपाली कांग्रेसले जनाएको छ ।

देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य रहेको सत्ता साझेदार दल कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ।

महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने ।

महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।

यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति

र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइँदैछ।

सभापति देउवाले महासमिति बैठकको उद्घाटन गर्नेछन् ।

बैठक उद्घाटनलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक,

प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन् ।

ती प्रस्तावहरूमा चार वटा समूह बनाएर छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। चार समूह हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुनेगरी बनाइने उनले बताए।

सभापति शेरबहादुर देउवा  बैठक स्थल गोदावरीमा पुग्दै  गर्दाका तस्बिरहरू :

प्रकाशित मिति: Feb 19, 2024

प्रतिक्रिया दिनुहोस्