Logo
४ आश्विन २०८१, शुक्रबार
(February 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामन्त्री गगन थापाको प्रतिवेदनको टुंगो नलागेको

महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।

महान्त्री थापाले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने संकल्प गर्नु पर्ने उल्लेख छ ।

उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएपछि प्रतिवेदनको टुंगो नलागेको हो ।

सभापति देउवाले असहमति जनाएपछि महामन्त्री थापाले शनिबार साँझ र आइतबार छलफल गरेका थिए तर सहमति हुन सकेन ।

महामन्त्री थापा आज फेरि सभापति देउवा निवास बूढानीलकण्ठमा छलफलका लागि पुगेका छन् ।

सभापति देउवाले उक्त प्रस्ताव हटाउन चाहेका छन् भने महामन्त्री थापाले नहटाउने अडानमा हुँदा प्रतिवेदनमा सहमति जुट्न सकेको छैन ।

कांग्रेसको महासमितिको बैठक आजदेखि नै सुरु हुँदैछ ।

प्रकाशित मिति: Feb 19, 2024

प्रतिक्रिया दिनुहोस्