नितिश कुमार नवौं पटक लिए बिहारको मुख्यमन्त्रीको सपथ, कुशवाहा कुर्मी जातीय समीकरण
नितिश कुमारले बिहारको नवौं पटक मुख्यमन्त्रीको सपथ लिएका छन् । उनले नवौं पटक मुख्यमन्त्रीको सपथ लिएका छन् ।
जेडीयूका राष्ट्रिय अध्यक्ष समेत रहेका मुख्यमन्त्रीले आज महागठबन्धनबाट अलग भएर एनडीएमा सामेल भएको घोषणा गरेका छन्।
नितिश कुमारसँगै थप आठ मन्त्रीले सपथ लिएका छन् । उपमुख्यमन्त्रीको सपथ लिने सम्राट चौधरी र विजयकुमार सिन्हा पनि छन् ।
उपमुख्यमन्त्रीको सपथ लिनुअघि भाजपाले सम्राट चौधरीलाई विधायक दलको नेता र विजय सिन्हालाई उपनेतामा चयन गरेको थियो।
यी दुईबाहेक भाजपाका डा प्रेमकुमार, जेडीयूका विजयकुमार चौधरी, श्रवणकुमार, विजेन्द्र यादव, हाम (ह्याम) का सन्तोषकुमार सुमन र स्वतन्त्र सुमितकुमार सिंहले पनि मन्त्रीको सपथ लिएका छन् ।
बिहारको नयाँ सरकारको जातीय समीकरण
बिहारको नवगठित मन्त्रीहरूको समूहमा जातीय समीकरणमा विशेष ध्यान दिइएको छ। मुख्यमन्त्री नितिश कुमार कुर्मी जातीबाट आएका छन् भने विजयकुमार चौधरी भूमिहार र श्रवण कुमार पनि कुर्मी समुदायका छन् ।
अर्कोतर्फ स्वतन्त्र सुमित सिंह राजपुत, उपमुख्यमन्त्री सम्राट चौधरी कुशवाहा जातीबाट र विजयकुमार सिन्हा कायस्थ जातीबाट आएका छन् । सन्तोष कुमार सुमन अनुसूचित जाति वर्गका हुन्।