Logo
२ कार्तिक २०८१, शुक्रबार
(January 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर बालेन शाह विरुद्ध एकै दिन दुई स्थानमा आन्दोलन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एकै दिन दुई स्थानमा आन्दोलन भएका छन् ।

बुधबार मेयर बालेनको निर्णयविरुद्ध काठमाडौँको प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड र काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको कमलादीमा आन्दोलन भएका हुन् ।

दुवैतिर आन्दोलन गर्नेहरु भने व्यापारी नै हुन् । न्युरोडका व्यापारीले सो क्षेत्रमा पार्किङ हटाएको विरोधमा र कमलादीमा फुटपाथमा व्यापार गर्न नदिएको विरोधमा मेयर बालेनविरुद्ध आन्दोलन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले माघ ९ गतेदेखि लागू हुने गरी न्युरोड क्षेत्रको पार्किङ हटाउने निर्णय गरेको थियो ।

सो निर्णयले उक्त क्षेत्रको व्यापार व्यवसायमा गम्भीर असर पर्ने भन्दै पार्किङ निषेधको निर्णय खारेज गर्नुपर्ने भन्दै न्युरोडका व्यापारीहरुले विरोध गरेका हुन् ।

प्रकाशित मिति: Jan 24, 2024

प्रतिक्रिया दिनुहोस्